Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने प्रयास गरेको देखिन्छः बैंकर्स संघ

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको कार्यान्वयनले यसले लिएको लक्ष्य स्पष्ट पार्ने बताएका छन् ।

शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गर्न खोजिएको बताए ।

अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग गर्ने गरी नै मौद्रिक नीति आएको उनको भनाइ छ । उनले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीतिमार्फत सम्बोधन गर्न खोजिएको बताए । उजले निर्माण क्षेत्रमा बैंकले लिएका नीतिले यस क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।