Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस वर्षको साउनमा पाकेको ब्याजलाई गत आवकै मान्न पाउने

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले यो साउनमा उठाएको ब्याजलाई गत आवकै खातामा हिसा गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधिनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/ २०८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिने उद्घोष गरेको हो ।