Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/अब खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कालोसूचीमा नपरिने भएको छ । यसअघि चेक बाउन्स हुँदा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेर बैंकिङ कारोबार गर्न बन्देज लगाएको थियो । उक्त व्यवस्थालाई खारेज गर्ने घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०८१/८२ को मौद्रिक नीतिमार्फत गरेका छन् ।

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।