Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलाराज शर्मा नियुक्त

२०८१ श्रावण ६ गते

बैंकिङ खबर/ एनआईसी एशिया लघवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलाराज शर्मा जोशी नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको २२२ औँ बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी ४ वर्षका लागि सोमबारदेखि लागू हुने वित्तीय संस्थाले जनाएको छ ।

शर्मालाई लघुवित्तका अध्यक्ष प्रकाशराज शर्माले पद तथा गोपनियताको शपथ गराएका छन् । जोशी यसअघि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओ थिए । उनले विगत तीन दशकदेखि लघुवित्त क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर योगदान पुर्‍याएका छन् ।