
बैंकिङ खबर/ अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ र बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।
यसअघि गत असार ७ गते १ अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च थियो।


