Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकको सहायक महाप्रबन्धकमा रमेश श्रेष्ठको बढुवा

२०८१ श्रावण ३ गते

बैंकिङ खबर/ प्रभु बैंकको सहायक महाप्रबन्धकमा रमेश श्रेष्ठ बढुवा भएका छन् । उनी यसअघि प्रभु बैंकको प्रमुख प्रबन्धकमा रहेका छन् । श्रेष्ठको कुशल कार्य सम्पादनको आधारमा बैंकले सहायक महाप्रबन्धकमा बढुवा गरेको हो ।

श्रेष्ठ पहिला सेन्चुरी क्यापिटलका सिईओ समेत हुन् । प्रभु बैंकसँग सेन्चुरी बैंक मर्ज भएपछि श्रेष्ठलाई प्रभु बैंकले प्रमुख प्रबन्धकको जिम्मेवारी दिएको थियो । श्रेष्ठको बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव छ । श्रेष्ठ बैकिङ क्षेत्रमा कुशल व्यवस्थापन र कार्यसम्पादनमा अब्बल बैंकरको रुपमा चिरपरिचित छन् ।