बैंकिङ खबर/नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंक तथा वित्तीय संस्थाको पुँजीकोष व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।
नवनियुक्त अर्थमन्त्री पौडेललाई भेट्न पुगेका नेपाल बैंकर्स संघ प्रतिनिधिसँगको छलफलमा उनले पुँजी कोषसम्बन्धी व्यवस्थालाई सहज बनाउन जोखिमभार घटाउनुपर्ने र केही लचिलो बनाउनुपर्ने बताए ।
बैंक हकप्रद शेयर जारी गर्नसक्ने अवस्थामा नरहेको पनि उनले उल्लेख गरे । बाफिया विधेयकमा राखिएका व्यवस्था संशोधन नभइकनै पारित भएर आएमा त्यसले थप समस्या पर्ने उनले बताए ।