बैंकिङ खबर/ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् । सोमबार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताएका हुन् ।
राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रसाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने समेत उनले उल्लेख गरे।मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने उनको भनाइ थियो ।
‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ,’ उनले भने, ’मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ ।’