Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ४.८३ अर्ब

२०८१ असार २८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्म राष्ट्रिस्तरका ८ वटा विकास बैंकले ४ अर्ब ८३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

यो ११ महिनामा सर्वाधिक नाफा कमाउने मुक्तिनाथ रहेको छ। यो बैंकले १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। सर्वाधिक नाफा कमाउने दोस्रो विकास बैंकमा गरिमा रहेको छ। गरिमाले ८५ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ।

तेस्रोमा शाइन रेसुंगा रहेको छ। यो बैंकले ६७ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसैगरी महालक्ष्मीले ५५ करोड ४७ लाख रुपैयाँ, कामना सेवाले ४८ करोड ९२ लाख रुपैयाँ, लुम्बिनीले ४२ करोड ३ लाख रुपैयाँ, सांग्रिलाले ३५ करोड ३५ लाख रुपैयाँ र ज्योतिले ३० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।