बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएकोमा १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ।
राष्ट्र बैंकको विवरण अनुसार देशको वित्तीय अवस्थाको विवरणा सहुलियतपूर्ण कर्जा बापतको १ खर्ब ३४ अर्ब ७६ करोड कर्जाको बक्यौता बाँकी रहेको देखिएको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार १ सय ४२ ऋणीलाई प्रवाह भएकोमा ९२ अर्ब ६ करोड बक्यौता रहेको छ। यसैगरी महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ३ सय ८५ महिला उद्यमीलाई प्रवाह भएकोमा ४० अर्ब ९२ करोड कर्जा बक्यौता रहेको रिपोर्टमा उल्लेख छ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय २९ ऋणीको १ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ।