July 10th, 2024

कृषिमा कर्जा प्रवाह शून्यमा

बैंकिङ खबर/ आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले बढेको छ।

औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.६ प्रतिशतले, नगद प्रवाह कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८.० प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १४.२ प्रतिशतलेर ट्रष्ट रिसिट (आयात) कर्जा ७.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको हो ।