Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव

२०८१ असार २५ गते

बैंकिङ खबर/ अर्थ सचिव मधु कुमार मरासिनीले अहिलेको अवस्थामा व्यवसायीको मन जित्ने र लगानी बढाउने गरी मौद्रिक ल्याउनुपर्ने बताएका छन् ।

अर्थ समितिको बैठकमा बजेटमा राखिएको लक्ष्यलाई ध्यान दिन उनले आग्रह गरे । लगानी गर्न उत्साहित हुने गरी ल्याउनै पर्ने पनि उनले बताए । उनले अहिलेको अर्थतन्त्रलाई सुधार ल्याउन र निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीतिबाट सबैले अपेक्षा गरेको र त्यो विश्वास जित्नेगरी आउनुपर्ने बताए ।

अहिलेको बजेटले सूचना प्रविधिलाई प्राथमिक दिएको हुँदा त्यसमा लगानी बढाउनेगरी आउनु पर्ने उनको भनाइ थियो ।