July 3rd, 2024

इच्छाराज तामाङविरुद्ध अर्को मुद्दा दायर

बैंकिङ खबर/सिभिल सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले थप मुद्दा दायर गरेको छ । सहकारीका थप सदस्यहरुको जाहेरीका आधारमा प्रहरीले पूरक अभियोजन दर्ता गरेको हो ।

तामाङ र केशबलाल श्रेष्ठलाई प्र्रतिवादी बनाई सिआइबीले सात करोड ८८ लाख ४४ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो । यसअघिकै मुद्दामा तामाङ पक्राउ परेकोमा हाल डिल्लीबजार कारागारमा छन् ।

यसअघि ५ अर्ब ६७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा उनीविरुद्ध चार वर्षअघि मुद्दा दायर भएको थियो । जून मुद्दामा अझै फैसला भएको छैन । जसकारण पीडितहरु झन् पीडित बन्दै गएका छन् ।