Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सम्पत्ति शुद्धीकरणका कारोबार ५१ प्रतिशत : राष्ट्र बैंक

२०८१ असार १८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यो वर्ष ५१.१४ प्रतिशत कारोबार सम्पत्ति शुद्धीकरणअन्तर्गत रहेको जनाएका छ । कुल ६ हजार २ सय ५५ वटा शंकास्पद कारोबारमा ३ हजार १९९ वटा कारोबार सम्पत्ति शुद्धीकरणअन्तर्गतका परेका हुन्।

राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले गरेको अध्ययनमा अधिकांश शंकास्पद कारोबार सम्पत्ति शुद्धीकरणमा पर्ने क्रम बढेको पाइएको हो । योसँगै यो वर्ष कर छली, तस्करीसहित करसँग सम्बन्धित अपराधहरू पनि बढेको छ। सन् २०२३ को एक वर्षमा मात्रै १ हजार ८६८ वटा यस्ता गतिविधि भएका छन् । योबाहेक १ हजार ४० वटा पैसा, बैंक, वित्त, विदेशी मुद्रा सटहीलगायतसँग सम्बन्धित कारोबारहरू रहेका छन् भने ठगीअन्तर्गत ५६५ वटा कारोबार रहेका छन्।