बैंकिङ खबर/ विगतमा विभिन्न देशका लघुवित्त क्षेत्रमा संकटहरू देखापरेका उदाहरणहरू छन् । उदाहरणको रुपमा भारतमा सन् २०१० मा, पाकिस्तानमा २००८ मा, मोरक्कोमा २००८, बंगलादेशमा २००८–२००९ मा र निकारागुवामा २००९ मा लघुवित्त क्षेत्रमा संकट देखापरेका थिए । (Chen et al., 2010; Chen & Rutherford, 2013; IFC, 2017; Mader, 2015)
विभिन्न देशका लघुवित्त क्षेत्रमा विविधता भएतापनि संकटका मुख्य कारणहरू करिब समान रहेको पाइन्छ । मूलतः संकट अघि लघुवित्त क्षेत्र (जस्तैः शाखा, कर्मचारी, कर्जा) को उच्च बिस्तार, छुटफुटरुपमा संकटसम्बन्धी पूर्व–चेतावनीको बेवास्ता गरिनु, संकटको सुरुवातमा स्थानीय स्तरमा विभिन्न घटनाहरू घट्दै जाने (स्थानीय राजनीतिक र धार्मिक प्रतिनिधिबाट प्रतिकार, ऋण नतिर्ने अभियान, ऋण मिनाह सम्बन्धी गलत सूचनाको प्रचार), लघुवित्त वित्तीय संस्थाहरू निश्चित क्षेत्रमा अति केन्द्रित हुनु, बहुबैंकिङ्ग, ऋण ग्रस्तता (overindebtness), संस्थाहरूको कमजोर आन्तरिक नियन्त्रण, लघुवित्त प्रणाली अति नैे बिस्तारित भएको अवस्था र बिग्रदो कर्जा अनुशासन जस्ता कारणहरू रहेका छन्।
नेपालको लघुवित्त क्षेत्रमा देखापरेको दबाबका पनि विविध कारणहरू रहेका छन् । पहिलो, विगत केही वर्ष यताको लघुवित्त क्षेत्रको उच्च विस्तार नै हालको दबाबको महत्वपूर्ण कारण हो । विगतमा संस्थाको संख्या, शाखा, र कर्मचारीको संख्यामा उच्च वृद्धि भएको छ । फलस्वरुप, लघुवित्त वित्तीय संस्थाहरूको कर्जा विस्तार पनि उच्च रह्यो। कर्जाको सहज उपलब्धतासँगै बहुबैंकिङ्ग, ऋणको भार बढ्न गएको देखिन्छ ।
यो दबाब अघिको बिस्तारको प्रवृत्ति अन्य देशमा लघुवित्त क्षेत्रको संकट अघिको बिस्तारसँग मिल्दोजुल्दो छ । जस्तै, विगत ९ वर्षमा नेपालमा लघुवित्त क्षेत्रको औसत कर्जा वृद्धि ३९.७ प्रतिशत रहेको थियो भने संकट अघि २००४ देखि २००८ को अवधिमा कर्जा बिस्तार मोरक्कोमा ५९ प्रतिशत, बोस्नियामा ४३ प्रतिशत, निकारागुवामा ३३ प्रतिशत र पाकिस्तानमा ५९ प्रतिशत रहेको थियो।
दोश्रो, लघुवित्त वित्तीय संस्थाहरूको केही निश्चित क्षेत्रमा अत्यधिक केन्द्रीकरण पनि विद्यमान दबाबको कारण हो। विगतमा लघुवित्त क्षेत्रको बिस्तारसँगै संस्थाहरू मूलतः शहरी र तुलनात्मकरुपले आर्थिक गतिविधि बढी भएका क्षेत्रहरूमा शाखा खोल्ने, र कर्जा प्रवाह गर्ने जस्ता कार्यहरूमा केन्द्रित भएका छन्। नयाँ शाखा बिस्तार भएसम्म पछि आउने लघुवित्त वित्तीय संस्थाहरूको शाखाबाट कर्जा लिएर पुरानो संस्थाको ऋण चुक्ता गर्ने गरेकोमा हाल बिस्तार हुन कम भएकोले पनि ऋण असुलीमा समस्या परेको हुन सक्छ । अर्को अध्यायले यस सम्बन्धमा विस्तृतरुपमा वर्णन गरेको छ ।
यसप्रकारको अत्यधिक केन्द्रीकरणले बहुबैंकिङ्ग र केही ग्राहकहरूमा ऋण ग्रस्तताको अवस्था सिर्जना गरेको छ । हाल करिब २० प्रतिशत लघुवित्तका ऋणीले दुई वा सो भन्दा बढी संस्थावटा दुई भन्दा बढी कर्जा खातामार्फत कुल कर्जाको करिब ४१ प्रतिशत कर्जा लगेको अवस्था छ ।
साथै, केही ऋणीले रु.१५ लाखको सीमाभन्दा बढी कर्जा लगेको देखिनुले ऋणीहरूमा ऋण ग्रस्तताको अवस्थालाई समेत सङ्केत गरेको छ भने कर्जा सीमाले नियामकीय व्यवस्थाको उल्लङ्घन भएको देखिन्छ । यस्तो बहुबैंकिङ्गको अवस्था ग्रामीण लघुवित्त वित्तीय संस्थाको तथ्याङ्कलाई समावेश गर्दा अझै केही बढ्न सक्दछ । त्यसैगरी, करिब ३२ प्रतिशत ऋणीले दुई वा सो भन्दा बढी खातामार्फत कर्जा उपयोग गरेको अवस्था छ ।
Chen et al. (2010) का अनुसार अन्य देशमा पनि संकटको प्रमुख कारण बहुबैंकिङ्ग रहेको थियो। जस्तै, १ भन्दा बढी खातावाट कर्जा लिने ऋणीको संख्या निकारागुवा २००९ मा ४० प्रतिशत, मोरक्कोमा २००७ मा ४० प्रतिशत, बोस्नियामा २००९ मा ४० प्रतिशत र पाकिस्तानमा २००९ मा २१ प्रतिशत (संकटग्रस्त क्षेत्रमा ३० प्रतिशत) रहेको थियो।
लघुवित्त क्षेत्रमा देखिएको दबाबको तेश्रो कारण अत्यधिक बिस्तारित लघुवित्त प्रणाली र कमजोर आन्तरिक नियन्त्रण हो। मूलतः विगत केही वर्षयता लघुवित्त वित्तीय संस्थाहरूको शाखा र कर्मचारीको संख्यामा उच्च वृद्धि भएकाले अधिकाँश संस्थाहरूको आन्तरिक प्रणाली कमजोर हुनुका साथै समग्र प्रणालीमा नै दबाबको अवस्था छ ।
Chen et al. (2010) / Chen and Rutherford (2013) ले पनि विभिन्न देशका लघुवित्त क्षेत्रमा देखापरेको संकटको प्रमुख कारणमा अत्यधिक बिस्तारित लघुवित्त प्रणाली र कमजोर आन्तरिक नियन्त्रणलाई राखेका छन्। माथि प्रस्तुत गरिएको बढ्दो प्रति कर्मचारी र प्रति शाखा औसत ऋणले लघुवित्त क्षेत्र क्षमताभन्दा अधिक बिस्तारित भएको सङ्केत गरेको छ ।
कम समयमा नै कर्मचारीको संख्यामा उच्च वृद्धि हुँदा तालिमको अभावमा नै कर्मचारी कार्यक्षेत्रमा जाने गरेको, नियुक्ति, तालिम तथा तयारी जस्ता कुराहरूमा संस्थाले प्राथमिकतामा नराखेको, कर्मचारीहरू एकबाट अर्को संस्थामा बारम्बार स्थानान्तरण हुने प्रवृत्ति, कर्मचारीहरूको छटो बढुवा हुँदा व्यवस्थापन कमजोर भएको, सञ्चालक तथा कार्यकारी अधिकृतद्धारा अनुशासनमा रही काम नगरेको, सञ्चालकबाट संस्थाहरूको कार्यमा हस्तक्षेप गरिएको जस्ता अवस्था देखापरेको छ । यी तथ्यहरूलाई विभिन्न स्रोतबाट प्राप्त सुझाव, स्थलगत सर्भेक्षण र अन्तरक्रियाले पुष्टि गरेको छ । फलस्वरुप, कमजोर मध्यमस्तरको व्यवस्थापन र बिग्रदो आन्तरिक प्रणालीले गर्दा कर्जाको सदुपयोग हुन नसकेको कारण कर्जा अनुशासनमा थप समस्या देखा पर्न गएको अवस्था छ ।
छिटो बढुवा हुँदा व्यवस्थापन कमजोर भएको, सञ्चालक तथा कार्यकारी अधिकृतद्धारा अनुशासनमा रही काम नगरेको, सञ्चालकबाट संस्थाहरूको कार्यमा हस्तक्षेप गरिएको जस्ता अवस्था देखापरेको छ । यी तथ्यहरूलाई विभिन्न स्रोतबाट प्राप्त सुझाव, स्थलगत सर्भेक्षण र अन्तरक्रियाले पुष्टि गरेको छ । फलस्वरुप, कमजोर मध्यमस्तरको व्यवस्थापन र बिग्रदो आन्तरिक प्रणालीले गर्दा कर्जाको सदुपयोग हुन नसकेको कारण कर्जा अनुशासनमा थप समस्या देखा पर्न गएको अवस्था छ ।
चौथो, उच्च विस्तारसँगै बिग्रदो कर्जा अनुशासन विद्यमान लघुवित्त वित्तीय संस्थाहरूमा देखिएको दबाबको प्रमुख कारण हो। बिग्रदो कर्जा अनुशासन मोरक्को, पाकिस्तान, बोस्निया, निकारागुवा लगायतका देशका लघुवित्त क्षेत्रमा देखिएको संकटको प्रमुख कारण रहेको थियो ।
लघुवित्त वित्तीय संस्थाहरूले उच्च कर्जा बिस्तारका क्रममा विविध शीर्षकमा कर्जा प्रवाह गर्ने गरेका, कर्मचारीहरूलाई दिइएको लक्ष्यका कारण ऋणीको उचित विश्लेषण बिना नै आक्रामक ढंगलेकर्जा प्रवाह गरिएको, कर्जाको नियमित भुक्तानीमा समस्या परेका कतिपय ग्राहकलाई थप कर्जा प्रदान गरिएको, अल्पकालीन नाफामुखी लक्ष्यलाई मात्र ध्यान दिइएको, ऋणीको विश्लेषण र नयाँ पूर्वाधारलाई प्रयोग गर्नुको साटो सञ्चालन खर्च घटाउनतिर मात्र जोड दिइएको, कर्जा जोखिममा ध्यान दिनुको सट्टामा कर्जा बिस्तार लक्ष्यलाई मात्र प्राथमिकतामा राखिएको, कर्जा सदुपयोगिता निरीक्षण हुन नसकेको, विपन्न वर्गभन्दा मध्यम वर्गमा कर्जा प्रवाह गरिएको, कर्जा सूचना केन्द्रबाट ऋणीको तथ्याङ्क प्रयोगमा कमी कमजोरी रहेको जस्ता कर्जा अनुशासनसँग जोडिएका कारणहरू रहेका छन्। स्थलगत सर्वेक्षणको नतिजाले समेत यस्ता तथ्यहरूलाई पुष्टि गरेको छ ।
साथै, संस्थाहरूले कोभिड–१९ पश्चात् कर्जा बिस्तारमामात्र ध्यान दिई कर्जा असुलीतर्फ पर्याप्त प्रयास नगरेको र आर्थिक शिथिलताले गर्दा ऋणीहरूको आम्दानी प्रवाहित भएकोले पनि ऋण असुली प्रवाहित भएको छ । हाल बढी रहेको निष्क्रिय कर्जा अनुपात पनि बिग्रदो कर्जा अनुशासनको परिणाम हो। द्द।छठ पाँचौ, कोभिड–१९ पश्चात् बाह्य क्षेत्रमा देखापरेको दबाबसँगै यस बैंकले गत वर्षबाट अवलम्बन गरेको संकुचित मौद्रिक नीति र आर्थिक गतिविधिमा संकुचन आएसँगै लघुवित्त क्षेत्रमा समेत प्रभाव पर्न गयो। यही परिप्रेक्ष्यमा कोभिडको समयमा आम्दानी घट्न गएको, लघुवित्त वित्तीय संस्थाहरूबाट कर्जा लिएर उपयोग गरिएको, आर्थिक पुनरउत्थान हुने क्रममा बाह्य क्षेत्रमा दबाब परि आर्थिक गतिविधिहरूमा शिथिलता आएकोले कर्जा भुक्तानी प्रभावित हुन पुग्यो।
यही परिप्रेक्ष्यमा मूलतः विभिन्न स्थानीय तह र राष्ट्रिय स्तरमा समेत ऋण नर्तिने अभियान, लघुवित्त विरुद्धको आन्दोलन, अन्य मिटरब्याजी आन्दोलन समेतलाई लघुवित्तसँग तुलना गरिनु जस्ता घटनाहरूले लघुवित्त क्षेत्रलाई थप दबाबमा पारेको अवस्था छ । द्द।छड छैठौ, लघुवित्त वित्तीय संस्थाहरू आपनो लक्ष्यबाट विचलन हुँदै जाने प्रवृत्ति पनि हाल देखिएको दबाबको कारण हो। लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो औसत कर्जाको आकार बढाउदै उच्च आय भएका ग्राहकलाई कर्जा दिएर नाफा बढाउने कार्य नै लक्ष्य विचलन हो। फलस्वरुप गरीब तथा विपन्न वर्गलाई लघुवित्तको सिद्धान्त अनुरुप कर्जा प्रवाह गर्ने आफ्नो उद्देश्यबाट संस्थाहरू विचलित भई नाफा बढाउन तर्फ लाग्न गए । नेपालमा पनि विगत केही वर्षयता लघुवित्त वित्तीय संस्थाहरूले औसत ऋणको आकार बढाउदै लगेका छन्भने नाफाको अवस्था पनि तुलनात्मकरुपले उच्च नै रहेको थियो।
सानो बजारमा धेरै संस्थाहरूको उपस्थिति, बढ्दो बजारीकरण, अवस्था प्रतिस्पर्धा, कम जनसंख्या भएको ग्रामीण क्षेत्रमा काम गर्दा शहरी क्षेत्रको तुलनामा लागत घठ धेरै हुन जाने जस्ता कारणले लघुवित्त वित्तीय संस्थाहरू लक्ष्यवाट विचलन हुने गरेको अवस्था छ । फलस्वरुप गरीब तथा विपन्न वर्ग, र ग्रामीण क्षेत्रमा कर्जाको पहुँच कम रहेको अवस्था छ । त्यसैगरी, बजारीकरण, अस्वस्थ प्रतिस्पर्धा, ग्राहक खोस्ने प्रवृति र छोटो समयमा नै उच्च नाफा प्राप्त गर्न खोज्नुले संस्थाहरूको दिगोपना र नैतिकतामा नै ह्रास आएकोआरोप लाग्नेगरेको छ ।
साथै, उच्च नाफा आर्जनका लागि ग्राहकसँग दोहोरो सेवा शुल्क लिने, कर्जा हरितीकरण गर्ने, बचतमा न्यून ब्याज प्रदान गर्ने लगायतका अभ्यासहरू भएको पाइन्छ । ऋणीलाई पहिलोपटकमै सीमाभन्दा बढी हुने गरी कर्जा प्रदान गर्ने, अन्य संस्थाबाट ऋण उपयोग गरिरहेको जानकारी हुँदाहुँदै पनि उक्त ऋणीहरूलाई कर्जा प्रदान गर्ने लगायतका कार्यहरू भईरहेकोसर्वेक्षण र स्थलगत भ्रमणमा देखिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदनबाट