बैंकिङ खबर/सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । असार १३ गते बसेको संस्थाको १२५ औं सञ्चालक समितिको बैठकले संचालक सदस्य रहेका राजेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट मनोनित भइ अध्यक्षको रुपमा कार्यरत पारसकुमार काफ्लेको निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।
साथै, उक्त बैठकले रिक्त रहन आएको एक सञ्चालक पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट मनोनित भइ आएका नारायणराज अधिकारीलाई नियुक्ति गरेको छ ।
सो बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट अन्य संचालक प्रमेशराज कायस्थ, कर्मचारी सञ्चयकोष तर्फबाट सुवाष खड्का, स्वतन्त्र संचालकहरु अभिजित मुल, ज्योत्सना बोहोरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति थियो ।




