Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओ शाह बर्खास्त, कामु सिइओ बनिन् श्रेष्ठ

२०८१ असार १३ गते

बैंकिङ खबर\ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह बर्खास्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी सिईओ शाहलाई बर्खास्त गरेको हो ।

सञ्चालक समितिको बैठकमा सामान्य विवाद उत्पन्न भएपछि बैठक नै छोडेर हिँडेका थिए । सञ्चालक समितिको बैठकमा अपमान गर्दै बैठक नै छोडेको भन्दै सञ्चालक समिति सिइओ शाहप्रति असन्तुष्ट भएको थियो ।

नेपाल इन्स्योरेन्स हुँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा सिइओ बनेका शाह मर्जरपछि एकीकृत कम्पनीको सिइओ बनेका थिए । अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले सिइओ शाहलाई बर्खास्त गरिएको पत्र इमेलमार्फत पठाएका छन् । सिइओ शाहको पदावधी करिब दुई वर्ष बाँकी थियो ।

यस्तै उक्त कम्पनीको कामु सिइओको जिम्मेवारी अञ्जु श्रेष्ठलाई दिइएको छ । लामो समयदेखि निर्जीवन बीमा क्षेत्रमा योगदान पुर्‍याएकी श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि विभिन्न पद हुँदै पुनर्बीमा काम गर्दै आएकी थिइन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डेपुटी सिइओ श्रेष्ठलाई कामु सिइओको जिम्मेवारी तोकेको हो ।