बैंकिङ खबर/ आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशत तथा आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा र आधारभूत मूल्यमा क्रमशः १.९५ प्रतिशत र २.३१ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर १.९६ प्रतिशत रहने संशोधित अनुमान रहेको छ ।
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०८०÷८१ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा २ खर्ब ४४ अर्ब पुग्ने अनुमान छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.५६ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत अवधिको तुलनामा १७.५७ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५४.२३ प्रतिशत रहेको छ । कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी ९६.१५ प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम २५.७१ प्रतिशत रहेको छ ।
Surkhet_HALF-YEARLY-EAR



