Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल बढाउने नीति लिनुपर्छः भुवन दहाल

२०८१ असार ११ गते

बैंकिङ खबर/बैंकर संघका पूर्वअध्यक्ष भुवन दहालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएका कारण कर्जा प्रवाह हुन नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिसकसन कार्यक्रममा दहालले पूर्वाधार तयार रहेको भए पनि मनोबलका कारण समस्या देखिएको बताए । मनोबल बढाउने नीति लिन राष्ट्र बैंकलाई उनले सुझाव दिए ।

बैंकप्रति जनताको मनोबल बढाउन राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । अहिले बैंकमा गैह्र बैंकिङ सम्पत्ति बढ्दा यसको प्रेसर बैंकमा बढ्दै जाने दहालले बताए । बैकिङ कसुर तथा सजाय ऐनमा कारण बैंकरले काम गर्न नसकेको उनको भनाइ छ ।