Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एकै दिन ७ अर्बले बढ्यो बैंकहरुमा निक्षेप

२०८१ असार ११ गते

बैंकिङ खबर/बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार ६ गते बिहीबार बैंक तथा वित्तीय संस्थाहरुबाट ६२ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको देखाएको हो।

असार ५ गते बुधबार गते भने बैंक तथा वित्तीय संस्थाहरूले ६२ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। यस तथ्यांकलाई हेर्दा एक दिनमा ७ अर्बले निक्षेप संकलन बढेको देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि बढेको छ। बिहीबार वाणिज्य बैंकहरुबाट ५५ खर्ब ५२ अर्ब निक्षेप संलकन भएको छ। अघिल्लो दिन बुधबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेका थिए।

त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह पनि केही बढेको देखाएको छ। बुधबार ५१ खर्ब ३५ अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार भने २ अर्बले बढेर ५१ खर्ब ३७ अर्ब कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।

साथै, सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा प्रवाह पनि १ अर्बले बढेको छ। वाणिज्य बैंकहरुबाट बुधबारसम्म ४५ खर्ब ४३ अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार बढेर ४५ खर्ब ४४ अर्ब कर्जा प्रवाह भएको छ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७९.७७ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत कायम भएको छ। अघिल्लो दिन भने अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत रहेको थियो ।