June 25th, 2024

बजारमा ६ खर्ब ६७ अर्ब नगद परिचालन

बैंकिङ खबर/ बजारमा ६ खर्ब ६७ अर्ब रुपैयाँ बढी नगद परिचालन गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो।

वित्तीय विवरणअनुसार बजारमा जेठसम्म ६ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ नगद परिचालन रहेको छ। २०८० असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ११ महिनामा नगद परिचालन ६.६९ प्रतिशतले बढेको छ।

यो ११ महिनामा सरकारी कोष ३९१.४६ प्रतिशतले बढेको छ। २०८० असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। गत जेठसम्म सरकारी कोषको आकार बढेर २ खर्ब २१ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

जेठसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ६० अर्ब २५ करोड रुपैयाँ रहेको छ। २०८० असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ४७ करोड २३ लाख रुपैयाँ रहेको छ।