June 25th, 2024

के हो प्रतिबद्धता शुल्क ?

बैंकिङ खबर/ कर्जा स्वीकृत भए पश्चात् बैंक तथा वित्तीय संस्थाले योजनाबद्ध रुपमा ग्राहकले सो कर्जा उपयोग गर्ने अपेक्षा गरेर स्रोत सुनिश्चित गर्ने गर्दछन् । यदि ग्राहकले तोकिएको अवधिभित्र स्वीकृत कर्जाको निश्चित सीमासम्मको रकम उपयोग नगरेमा कर्जा प्रदान गर्ने संस्थाले सम्झौता बमोजिम लिने शुल्कलाई प्रतिबद्धता शुल्क भनिन्छ ।

ग्राहकले आफ्नो स्वीकृत कर्जा सीमाको वार्षिक औसत ६० प्रतिशतभन्दा कम रकम उपयोग गरेमा कम हुने रकममा मात्र यस्तो शुल्क लिन पाइन्छ । जस्तै, औसतमा ३५ प्रतिशत मात्र उपयोग गरेको भए उपयोग नगरेको २५ प्रतिशतमा मात्र प्रतिबद्धता शुल्क लिन पाइन्छ ।

संस्थाले लिने सेवा शुल्क(वाणिज्य बैंकको हकमा ०.७५ प्रतिशत, विकास बैंकको हकमा १ प्रतिशत, तथा वित्त कम्पनीको हकमा १.२५ प्रतिशत) को २० प्रतिशत मात्र यस्तो शुल्क लिन पाइन्छ ।