Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खराब कर्जा अनुपात बढेर ८ प्रतिशतसम्म पुग्न सक्छः सुनिल केसी

२०८१ असार १० गते

बैंकिङ खबर/ नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले खराब कर्जा अनुपात बढेर ८ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् । आइतबार काठमाडौं आयोजित कार्यक्रममा उनले बैंकिङ क्षेत्रमा तनाव र दबाब दुवै थपिएको बताए । चालु आवको चैतमा बैंकहरुको निष्क्रिय कर्जा अनुपात ३.९८ प्रतिशत छ। सो अनुपात बढेर ७ देखि ८ प्रतिशतसम्म पुग्न सक्ने अध्यक्ष केसीले आँकलन गरेका थिए।

अध्यक्ष केसीमात्रै नभई अन्य बैंकरहरु पनि अहिले यस्तो कर्जामा गिरावट आउने अवस्था नदेखिएको बताउँछन्। त्यसै कारण अहिले प्रायः सभा–समारोहमा बैंकरहरु र जानकारहरुले निष्क्रिय कर्जा अझै बढ्ने बताउँदै तर यसबाट डराउन पर्ने अवस्था भने नरहेको दाबी गर्नसमेत सुरु गरिसकेका छन्। उनीहरुले एकातिर आफ्नो तनाव पोख्ने र अर्कोतिर तनाव मत्थर गर्ने रणनीतिमा मन्तव्य दिन थालेका हुन्।

अध्यक्ष केसीले निष्क्रिय कर्जा बढ्ने भए पनि डराउनु नपर्ने बताए। उनले भने, ‘श्रीलंकाको एनपीएल दर १३ प्रतिशत रहेकोमा हाललाई नेपालको मध्यम मान्नुपर्छ।’

अध्यक्ष केसीले बढीभन्दा बढी लगानी यतिबेला निर्माण क्षेत्रमा फसेको सुनाए। यस्तै कृषि, घरेलु, मझौला तथा साना उद्योगमा पनि लगानी फसेको उनको भनाइ छ।