Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रुडेन्सियलका सेयरधनीलाई खुसीको खबर ! २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद आउँदै

admin २०७३ मंसिर ६ गते
सेयर:

prudentialप्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको १६२ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । कम्पनीले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश पनि दिनेछ । प्रस्तावित लाभांश नियामक बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी १५ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

सोही बैठकले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ । यो प्रस्ताव पनि आगामी साधारणसभाबाट पारित गर्ने योजना प्रुडेन्सियल इन्स्योरेन्सको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।