बैंकिङ खबर/ चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म राष्ट्रियस्तरका विकास बैंकले ४ अर्ब रुपैयाँमाथि खुद नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले १० महिनामा ४ अर्ब ५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ। यो बैंकले ९९ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी नाफाको हिसाबले मुक्तिनाथलाई गरिमाले पछ्याउँदैछ। गरिमाले यो १० महिनामा ७५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने महालक्ष्मी विकास बैंक ४६ करोड १७ लाख रुपैयाँ खुद नाफाका साथ चौथो स्थानमा रहेको छ।
वैशाखसम्म कामना सेवा विकास बैंकले ४० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा लम्बिनी विकास बैंकले ३४ करोड २२ लाख रुपैयाँ, सांग्रिलाले २७ करोड ९० लाख रुपैयाँ र ज्योतिले २३ करोड ८ लाख रुपैयाँ कमाएका छन्।