June 10th, 2024

विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढ्यो

बैंकिङ खबर/विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्रकले आज प्रकाशन गरेको १० महिनाको तथ्याङक अनुसार भई विप्रेषण आप्रवाह १९ प्रतिशतले बृद्धि भई ११९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।