Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

५० प्रतिशत हकप्रद जारी गर्न कञ्चनले पायो अनुमति

२०७३ मंसिर ५ गते
सेयर:

kanchanकञ्चन डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले एक सय रुपैंया अंकित दरमा ९ लाख ९० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । 

कञ्चनपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले कञ्चनले २५ प्रतिशत बोनस र १ दशमलव ३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भए पछि बैंकले साधारण सभा आह्वान गर्नेछ । हाल बैंकको चुक्तापुँजी १९ करोड ८० लाख रुपैंया रहेको छ । बोनस र हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैंया पुग्नेछ ।