Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

वेष्टर्न डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद २२ गतेदेखि

२०७३ मंसिर ५ गते
सेयर:

westernवेष्टर्न डेभलपमेन्ट बैङ्क लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयरको निष्काशन मङ्सिर २२ गतेदेखि खुला हुने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकको हकप्रद निष्काशन तथा विक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पुस २६ गते सम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत कात्तिक ३० गते सम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछ ।  

हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।