ग्रामीण क्षेत्रको वेरोजगारी वा न्यून आय भएका व्यक्ति वा साना व्यवसायीलाई लक्षित गरेर उनीहरूको आर्थिक उन्नति गराउने उद्देश्यले सञ्चालन गरिने वित्तीय वा बैंकिङ सेवा नै लघुवित्त हो ।
सामान्यतया लघुवित्त सेवा गरिब र विपन्न वर्ग, सामाजिकरूपमा सीमान्तकृत तथा भौगोलिक रूपमा पछाडि परेका वर्गलाई आत्मनिर्भर बन्न मद्दत गर्ने किसिमले लघुवित्त कार्य सञ्चालन भएको छ । ती वर्ग र समुदायका नागरिकलाई वित्तीय सेवा प्रदान गर्दै उनीहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्न परिचालन गरिने आर्थिक स्रोत हो, लघुवित्त । जसले लक्षित वर्गको व्यक्तिगत वा सामूहिक उद्यमशीलता विकास गर्न महत्वपूर्ण योगदान रहेको छ । लघुवित्त आफैंमा सानो पूँजीको संरचना हो । जसले सानो ऋण प्रवाहलाई महत्व दिन्छ ।
विश्वव्यापीरूपमा लघुवित्तको अवधारणा वर्षौं पुरानो भए पनि सन् २००६ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित बङ्गलादेशी प्रोफेसर मोहम्मद युनुसले बङ्गलादेशमा सन् १९८३ ९शुरूआत १९७६० मा ग्रामीण बैंक स्थापना गरी विपन्न नागरिकलाई दिगो पारिवारिक आय प्रदान गर्दै लघु उद्यम स्थापना गर्न मदत गरेको दृष्टान्तबाट प्रेरित भएको पाइन्छ । हाल कम विकसित र विकासोन्मुख देशमा लघुवित्त कार्यक्रमको अभ्यास भइरहेको पाइन्छ । तर नेपाल मा यसको वास्तविक योग्दान भने सम्बन्धित पक्षले बुझेको पाइदैन ।
देशको वित्तीय पहुँच नपुगेको क्षेत्रमा पहिला पुग्ने भनेको लघुवित्त कार्यक्रम हो । राज्यले यस कार्यक्रमलाई सामाजिक सेवाको रुपमा राख्दा त्यति फरक नपर्ला किन कि अहिलेको परिस्थितिमा देशको आर्थिक रूपान्तरमा पनि यस क्षेत्रको योगदान रहेको छ ।
दैनिक आफ्नो जिविका चलाउन नसक्ने परिवार यस कार्यक्रमका वास्तविक लक्षित वर्ग हुन । सोही परिवारबाट राज्यले यस कार्यक्रमको विषयमा सुझाव संकलन गर्ने हो भने आज लघुवित्त कार्यक्रमको बारेमा राम्रोसँग बुझ्न सजिलो हुन्थ्यो ।
समाजका अतिविपन्न परिवारका सदस्य आज यसै कार्यक्रममा आवद्ध भएर ५० प्रतिशत परिवार रोजगारीको लागि विदेश पठाउन सफल भएको पाइन्छ ।
केही गरौं भन्ने मनसाय भएका परिवारले स–सानो व्यवसायी कर्जा लिएर आज सफल उद्यमी बनेका इतिहासहरु पनि हामी लघुवित्तकर्मिहरुसँग प्रमाण छन् । त्यसैले यस कार्यक्रमको विरोध होइन सहयोगी भएर लागौं । देशमा समृद्धि ल्याउन सम्भावना छ ।
विजय क्षेत्री
जाजरकोट ।




