May 22nd, 2024

राष्ट्रिय वाणिज्य बैंकको सीइओका लागि ‘सर्टलिस्टेड’ ५ जनाको अन्तर्वार्ता आज

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ‘सर्टलिस्ट’ भएका पाँच जनाको अन्तरवार्ता आज बुधबार हुँदैछ। सीइओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो ।

बैंकको सीइओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।यी मध्ये देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओ छन् ।

सीइओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको उनीहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि बोलाइएको हो। उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिनेछन्।

अन्तरवार्ताबाट उत्कृष्ट अंक प्राप्त गर्नेमध्येबाट संचालक समितिले एक जनालाई सीइओ नियुक्त गर्नेछ । प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल उक्त बैंकमा सीईओ पद रिक्त छ । यसरी नियुक्त हुने सीइओको कार्यकाल चार वर्षको हुन्छ ।