बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा शिथिलता आउनुको मूख्य कारण सहकारी समस्या र घरजग्गा कारोबारमा देखिएको शिथिलता रहेको बताएको छ ।
बैंकले चालू आर्थिक वर्ष २०८०/ ०८१को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सहकारी समस्या तथा घरजग्गाको कारोबारमा देखिएको शितिलताले पनि अर्थतन्त्रमा समस्या देखिएको र नेपालको समग्र आर्थिक वृद्धिदर कम रहने देखिएको बताएको छ ।
पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसक्नु तथा उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जाँदा आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको बताउँदै आएको थियो ।
समीक्षामा भनिएको छ, ‘घरजग्गा कारोबारमा देखिएको शिथिलता, सहकारी क्षेत्रमा देखिएका समस्या, पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानु लगायतका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको स्थिति छ,’ मौद्रिक नीति समिक्षामा भनिएको छ, ‘यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको छ ।’




