Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘अर्थतन्त्रमा शिथिलता आउनुको मूख्य कारण सहकारी र घरजग्गा कारोबारमा समस्या’

२०८१ जेष्ठ ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा शिथिलता आउनुको मूख्य कारण सहकारी समस्या र घरजग्गा कारोबारमा देखिएको शिथिलता रहेको बताएको छ ।

बैंकले चालू आर्थिक वर्ष २०८०/ ०८१को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सहकारी समस्या तथा घरजग्गाको कारोबारमा देखिएको शितिलताले पनि अर्थतन्त्रमा समस्या देखिएको र नेपालको समग्र आर्थिक वृद्धिदर कम रहने देखिएको बताएको छ ।

पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसक्नु तथा उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जाँदा आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको बताउँदै आएको थियो ।

समीक्षामा भनिएको छ, ‘घरजग्गा कारोबारमा देखिएको शिथिलता, सहकारी क्षेत्रमा देखिएका समस्या, पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानु लगायतका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको स्थिति छ,’ मौद्रिक नीति समिक्षामा भनिएको छ, ‘यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको छ ।’