May 9th, 2024

समृद्धिको आधार कृषिको पूर्वाधार

यादव राज उपाध्याय

नेपाल एक कृषि प्रदान देश हो । देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेका छन् । कृषि मनसुनमा निर्भर रहेको छ । दुई तिहाइ जनसंख्यालाई आंशिक रोजगारी प्रदान गर्ने कृषि क्षेत्रले देशलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सक्दैन । कुल ग्राह्रस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सा घट्दै गइरहेको छ ।

नेपालका कृषि क्षेत्रले नयाँ श्रमशक्तिलाई आफुतिर आर्कषण गर्न सकिरहेको छैन । के आधुनिक युगमा मानिसहरुलाई खाद्यान्नको आवश्यकता नपर्ने हो ?, विकसित देशले कृषि क्षेत्रको विकास नगरी औधोगिक युगमा प्रवेश गरेका हुन् ?, विकसित देशले विकाशको चरणमा कृषि क्षेत्रलाई कुन रुपमा अगाडि बढाए ?, यि कुराहरुलाई ध्यान दिएर नेपाल जस्ता विकाशिल देशहरुले कृषि क्षेत्रलाई आफ्नो देशमा उपलब्ध प्राकृतिक श्रोत साधनलाई व्यापक रुपमा प्रयोग गरी कृषि क्षेत्रलाई द्रुत गतिमा अगाडि बढाउनुपर्छ र कृषि क्षेत्रलाई वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत बनाउनुपर्छ ।

नेपाल जस्तो कृषिका लागि प्रकृतिक श्रोत साधन सम्पन्न मुलुकले कृषिलाई वैदेशिक क्यपारको प्रमुख बस्तु बनाउनुपर्छ । हाल नेपाली खाना एसियन खानाको रुपमा विकसित देशहरुमा फैलिरहेकोेले र हालै मात्र संयुक्त राष्ट्र सघंले नेपालमा पनि उत्पादन हुने कोदोलाई समेत ‘सुपर फुड’ घोषणा गरेको छ ।

यि कुराहरु नेपालको कृषि क्षेत्रका लागि सुखद पक्ष हुन् । हाम्रा जमिनहरुबाट अहिले पनि हामीहरु अर्गानिक कृषि उत्पादन गर्न सक्छौं । किनभने हाम्रा जमिनहरु र पानीका मुहानहरु अहिलेसम्म विषाक्त भइसकेका छैनन् । हाम्रा जमिनहरु उर्वर र सुरक्षित भएकै कारण हाम्रा पुर्खाहरु अफ्रिकाबाट विज्ञानको विकास नहुँदै उर्वर र सुरक्षित भूमि खोज्ने क्रममा यहाँ आइपुगेका हुन् ।

आफ्नै ज्ञान र अनुभवका आधारमा उर्वर र सुरक्षित भूमि खोज्दै हाम्रा पुर्खाहरु यस ठाउँमा आइ खेतीपाती र पशुपालन गर्न थाले । हामीले हालसम्म पनि हाम्रा पिता पुर्खाले अगाली राखेको खेती प्रणाली र पशुपालन प्रणालीमा नै छौं । जसले गर्दा हामी अहिलेसम्म निर्वाहमूखी कृषिमा नै छौं ।

हामी एक्काइसौं शतब्दीलाई विज्ञान प्रविधि युग भनेता पनि हाम्रो कृषि प्रणालीमा विज्ञानको प्रयोग गर्न सकेका छैनौं । हाम्रोमा रहेको प्रकृतिक श्रोत साधनलाई विज्ञानको माध्यमबाट कृषि उत्पादनमा जोड्न सकेका छैनौं ।

अहिले पनि मध्य पहाडतिर खेतीयोग्य जमिनलाई खेत र पाखो भनेर छुट्याउँछौं । खेतमा पनि मना मुरी फल्ने खेत र पाथी मुरी फल्ने, टारी खेत, गैह्री खेत भनेर वर्गिकरण गरिरहेमा छौं । जुनकुरा हामी भन्दा धेरै अघिका पुस्ताले गरेका थिए । स्थानीय प्रविधिमा आधारित सिँचाइ सुविधाको आधारमा गरेको वर्गिकरणलाई हामीले विज्ञान प्रविधिको युगमा पनि बदल्न सकेका छैनौं ।

यसमा हामी कहाँनिर चुक्यौ त । विकसित देशहरुले पनि पहिला कृषिमा व्यापक सुधार गरेर कृषि उत्पादन बढाएर बल्ल औधोगिक युगमा प्रवेश गरेका हुन् । अन्न धन नै वास्तविक धन हो भन्ने कुरा त पूर्वीय दार्शनिक चाणक्यले भनेका छन् । विकासको प्रकृया शुरु गर्दा कृषिबाट शुरु गर्नुपर्छ भन्ने कुराको प्रमाणित विकसित देशहरुले गरिसकेका छन् ।

अमेरिका होस् वा चीन विकासको यात्रा शुरु गर्दा आफ्ना नागरिकहरुलाई भोकमारी वा गरिवीको अवस्थाबाट माथि ल्याउन कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि र पूर्वाधारको विकास गरी कृषि उत्पादनमा व्यापक वृद्धि गराएका थिए ।

हालै भारतले कृषि क्षेत्रमा व्यापक आधुनिकीकरण गरी विश्वलाई नै खाद्यान्नमा भारतप्रति निर्भर गराएको छ । भारत र चिनले कृषिमा कसरी उपलब्धी हासिल गरे भनेर अध्ययन गनुपूर्व उनीहरुले कृषिको पूर्वाधारको के कसरी विकास गरे ?, आफ्नो देशमा उपलब्ध प्राकृतिक श्रोत साधनको कसरी समुचित प्रयोगको लागि के कस्ता पूर्वाधारको निर्माण गरे ?, उत्पादित कृषि उपजको भण्डारण र बजारीकरण कसरी गरे ?, भन्ने बारेमा विस्तृत अध्ययन गनुपर्ने देखिन्छ । जुनकुरा हाम्रो देशको कृषिको आधुनिकीकरण गर्न मार्गदशक बन्न सक्छ ।

अब कुरा गरौं नेपालको कृषि क्षेत्रलाई आधुनिकीरण गर्ने चरणको बारेमा । सर्वप्रथम नेपालमा आधुनिक प्रविधि (टनेल, लिीफ्टङ्ग, डिप बोरिङ्ग आदी)बाट सिँचाइ उपलब्ध गराउन सकिने खेतीयोग्य जमिनको वस्तविक तथ्यांक पत्ता लगाउनुपर्छ । र ती ठाउँमा तत्काल सिँचाइका सुविधा पुर्‍याउने योजना बनाइ कार्यान्वयन गर्न कत्ति पनि ढिला नगर्ने, सिँंचाइका सुविधा पुगेका ठाउँमा उपयुक्त बिउ विजन र मलखादको व्यवस्था गरी उत्पादन वृद्धि गर्नुपर्छ ।

हाल नेपालका मति भूमिमा बाह्रै महिना र छ महिना सिँचाइको सुविधा छ । त्यो तथ्यांक पत्ता लगाउनुपर्छ । हालसम्म पनि नेपाल सरकारसँग कृषिसँग सम्बधित कुनै छैन । नेपाललाई कति खाद्यान्न आवश्यक पर्छ ।

हाम्रोमा कति उत्पादन हुन्छ । कति मात्रामा आयत गनुपर्छ भन्ने आधिकारिक तथ्यांक पत्ता लगाउनुपर्छ र यो काममा नेपाल सरकारले अफ्नो पालिकासम्म रहेका संरचनाको प्रयोग गरी आधिकारीक तथ्यांक पत्ता लगाउनुपर्छ ।

र महत्वपूर्ण कुरा त सम्पूर्ण खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याएपछि हाम्रो वार्षिक उत्पादन कति हुन्छ ?, हामीले कति निर्यात गर्न सक्छौं भन्ने तथ्यांक पत्ता लगाउनुपर्छ ।

त्यसैगरी नेपाल सरकारले प्रत्यक पालिकालाई तिम्रो पालिकाको यति क्षेत्रफलमा यति समयभित्र केन्द्र वा प्रदेश सरकारले सिँचाइका सुविधा पुर्‍याउने छ । त्यही समयभित्र तिमीहरुले पनि कृषि उत्पादनको भण्डारण संरचनाको क्षमता बनाऊ भनेर उनीहरुलाई सक्षम बनाउनुपर्छ । त्यसैगरी जुन–जुन क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने हो । त्यस क्षेत्रका कृषकहरुलाई पनि हामी तिमीहरुको क्षेत्रमा यती समयसम्म हामी कृषिका पूर्वाधारको निर्माण गर्दैछौं।

तिमीहरु पनि आफ्नो खेतीयोग्य जमिनमा खाद्यान्न उत्पादन गर्न तयार रहनु भनेर सु–सुचित गर्नुपर्छ । यसले गर्दा त्यस क्षेत्रका मानिसहरुले आफ्नो ज्ञान, सिप र क्षमताको विकास गर्छन् । त्यस समयसम्म त्यस क्षेत्रमा श्रमको बजारमा प्रवेश गर्ने नयाँ श्रम शक्तिले पनि आफुलाई त्यही अनुसारको प्राविधिक जनशक्तिको रुपमा आफुलाई विकास गर्छ ।

यसरी हामीले कृषिमा रहेको सम्भावनालाइ विश्वासनिय तथ्यांकमा परिणत गरी त्यही अनुसारको कार्यान्वयन गर्दै जानुपर्छ । यसरी कृषिको सम्भावनालाइ उजागर गरेर स्वदेशमा नै प्रशस्त रोजगारी र कृषि उत्पादनको वृद्धि गर्न सकिन्छ ।

कृषि उत्पादनको वृद्धिले कृषिसँग सम्बधित उद्योगको विकासमा सहयोग पु¥याउँछ । अर्थात् कृषिसँग सम्बधित उद्योगको लागि चाहिने कच्चा पर्दाथमा आत्मनिर्भर हुन्छौं ।

साथै पर्यटनको क्षेत्रको वास्तविक लाभ पनि लिन सकिन्छ । कृषि पुर्वाधारको विकास गर्नको लागि आवश्यक पर्ने लगानीको सन्दर्भमा हामीले नै जलविद्युत क्षेत्रमा अंगिकार गरेको प्राइभेट पब्लिक पार्टनरसिप मोडेललाई प्रयोग गर्नुपर्दछ । यसले गर्दा लागतमा पनि नियन्त्रण हुन्छ । यसका लागि सरकारले निर्माण गरेको जलविद्युत आयोजना र निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनालाई तुलना गरौँ ।

अहिले पहिचान गरिएको देशलाई सम्बन्ध बनाउने आधार भनेको नै कृषि, जलविद्युत र पर्यटन हो । जलविद्युत र पर्यटनको क्षेत्रमा हामी निकै अगाडि बढेपनि आधुनिक कृषिको क्षेत्रमा हामी पछाडि नै छौँ ।

धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रलाई अगाडि बढाउन नस्कनु भनेको हामीले आगामी पुस्तालाई पनि रोजगीको लागि विदेश धाउन बाध्य बनाउनु हो । त्यसैले बहुआयमिक प्रतिफल भएको, देशलाई आत्मनिर्भर बनाउने, धेरै रोजगारी सृजना गर्ने कृषिको पूर्वाधारमा लगानी बढाइ कृषिको पूर्वाधारको विकास गरौँ ।