Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सले कमायो दुई करोड मुनाफा

admin २०७३ मंसिर २ गते
सेयर:

premierप्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ लाख ८१ हजार रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रिमियरले १ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

३७ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको आम्दानी ५२ दशमलव १७ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने खर्च ५० प्रतिशतले बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । प्रिमियर इन्स्योरेन्सले ३४ करोड ३६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल ३८ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले जगेडा कोषमा १२ करोड ३२ लाख र बीमा कोषमा २४ करोड ९२ लाख रुपैयाँ राखेको छ । यस इन्स्योरेन्सको प्रति शेयर आम्दानी वार्षिक १९ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानी अनुपात १ सय १६ दशमलव २२ गुणा, प्रति शेयर नेटवर्थ २ सय ४ दशमलव ७७ रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।