बैंकिङ खबर/राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चले ग्लोबल मनि विक २०२४ को अवसरमा २७ वटा लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गा.पा. को शान्तिबजार कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विभिन्न लघुवित्तका सदस्य तथा कर्मचारी गरी १२३ जनाको उपस्थिति रहेको थियो। जसमा शान्तिपूर्ण मौन र्याली शान्तिबजारको बजार परिक्रमा गरे पश्चात होटल नेप्सेन्टिकमा वित्तीय जागरण कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमको सभापतित्व मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक तथा यस मञ्चका अध्यक्ष पहरामा जैसीले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कोहलपुरका नायव प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल, साथै अतिथिहरुमा शान्तिबजार बजार ब्यवस्थापन समितिका अध्यक्ष तुल्सा प्रसाद खनाल, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लि. का अनुगमन अधिकृत मधुसूदन निरौला र गेरुवा गाउँपालिका बडा नं ०३ का बडा सदस्य जमान सिंह कडायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक प्रदिप पनेरुले कार्यक्रमबारे प्रकाश पार्नुका साथै बचत किन आवश्यक छ र किन बचत गर्नेबारे छिमेक लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्धक निरुता सिंह र कर्जा सदुपयोगिता र दुरुपयोग हुँदा के हुन्छ भन्ने विषयमा उपकार लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्धक दिलसरा थापाले प्रकाश पारेकी थिइन् ।
कार्यक्रमको स्वागत मन्तव्य इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय शान्तिबजारका शाखा प्रबन्धक सन्जिता कुमारी चौधरीले गर्नुका साथै कार्यक्रमको सहजीकरण लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक लोकेन्द्र खड्काले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले विश्व वित्तिय सप्ताहको अवसरमा लघुवित्तको सदस्यलाई वित्तीय सचेतनाको कार्यक्रम आयोजना गरेकोमा राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चलाई धन्यवाद दिँदै कार्यक्रमले यसक्षेत्रको जनतामा वित्तीय चेतना बृद्धि हुनेमा विश्वास गरेका थिए ।