
बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय सस्था लि.को मधेश प्रदेश सिरहा जिल्ला धनगढीमाइ नगरपालिका ५ नं. वडामा रहेको कसहा शाखाले गुनासो सुनुवाइ तथा केन्द्र गोष्ठी कार्यक्रम समापन गरेको छ । गोलबजार सिरहास्थित कुशवाहा भपनको सभाहलमा १०२ वटा समुहबाट ९० जना सदस्य तथा अभिभावकको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो ।
केन्द्र नं ७१ समुहको अध्यक्ष पुजा न्यौपानेको सभा अध्यक्षता,तथा केन्द्रीय कार्यालयको जोखिम व्यावस्थापन तथा असुलि विभागिय प्रमुख घनश्याम भट्टराईको प्रमुख आथित्यता कार्यक्रम भएको थियो । कार्यक्रममामा हरिवन स्टेशनमा कार्यरत जोखिम व्यवस्थापन तथा असुली विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल लहान स्टेशनका स्टेशनका अनुगमन अधिकृत नरेश बहादुर लामा, शाखा कार्यालय लहानका शाखा प्रमुख विजय कुमार यादव र गोलबजारका प्रहरी प्रमुख सुरज कार्कीको उपस्थिति रहेको थियो ।
शाखा प्रमुख दिवस कुमार चौधरीले संचालन गरेको कार्यक्रममा शाखा प्रमुखबाट यस आर्थिक वर्षको आर्थिक कारोबारको प्रतिबेदन सुनुवाइ गरिएको थियो भने यस संस्थाका जोखिम व्यवस्थापन तथा असुली विभाग प्रमुखबाट वित्तीय संस्थाको परिचय,आगामी रणनीति र कार्यक्रमबारे जानकारीसँगै सदस्यहरुको गुनासो तथा सल्लाह सुझावलाई स्पष्ट पर्दै बित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा यस आर्थिक वर्षका २ जना उत्कृष्ट सफल बचतकर्ता तथा सफल व्यावसायिलाई पुरस्कार प्रसंशा पत्र प्रदान दिइ सम्मान गरिएको थियो भने ३ ओटा उत्कृष्ट केन्द्रलाई पुरस्कार र प्रसंशा पत्र बितरण गरिएको थियो ।



