
विजय क्षेत्री
लघु वित्त भन्नाले लघु वचत, लघु कर्जा, लघु बिमा र लघु कर्जा सुरक्षण तथा विप्रेषण जस्ता माध्यमबाट विपन्न वर्गका समुदायलाई स्व–रोजगारका अवसरहरु दिलाई तिनीहरुको उद्यमशीलताको विकास गरी आय आर्जन क्रियाकलापमा संलग्न गराउन सहयोग पु¥याउने वित्तीय सेवालाई जनाउँदछ ।
राष्ट्रिय लघुवित्त नीति २०६४ अनुसार लघुवचत, लघुकर्जा, बिमा तथा विप्रेषणको माध्यामबाट विपन्न वर्गका समुदायलाई स्वरोजगारका अवसरहरु दिलाई तिनीहरुमा उधमशिलताको विकास गर्ने संस्थालाई लघुवित्त भनिन्छ । लघु वित्तले बिनाधितो विपन्न वर्गका मानिसहरुलाई लघु ऋण प्रदान गरि लघु उद्धम सञ्चालन गर्न प्रोत्साहन गर्दछ ।
२०८०पौषको तथ्यांक अनुसार हाल नेपालमा लघुवित्त वित्तीय संस्थाको संख्या ५७ पुगेको छ । वि।स। २०४९ सालमा बंगलादेशको ग्रामीण बैंकिङ्ग पद्धतिलाई नेपालमा लघुवित्तको रुपमा भित्राएको हो । लघुवित्तको अवधारणा विश्वमा सन १९९० को दशकबाट सुरुआत भएको भएपनि नेपालमा भने लघुवित्त वि.सं. २०४९ सालमा निर्धन उत्थान बैंकको स्थापना पश्चात सुरुवात भएको हो । विना धितो ऋण र पोर्टफोलियो व्यवस्थापन, पुँजीको अभाव, सर्वसाधरणबाट निक्षेप लिन नपाउने, क्षमता विस्तार, उच्च संस्थागत कर, सरकारको यसतर्फ कम ध्यान र संस्थागत क्षमता विस्तार एव अस्वस्थ प्रतिस्पर्धालगायत यसको मुख्य समस्याहरु हुन् । गरिबीको अन्त्य गरी कृषि उत्पादनलाई बढाउन उपरोक्त समस्या बेलैमा समाधान गर्नेतर्फ सम्बन्धित निकाय लाग्नु पर्दछ ।
अझै करिब आधा जनसंख्या वित्तीय पहुँचको दायरा भित्र पर्न सकेका छैनन् । पुरुषको तुलनामा महिलाको पहुँच कम रहेको, सहरी जनसंख्यको तुलनामा ग्रामीण क्षेत्रमा पहुँच कम भएको, धनी तथा संपन्न वर्गको तुलनामा गरिब वर्गमा पहुँच कम भएको अवस्था नेपालमा विधमान छ ।
यस प्रकार वित्तीय पहुँचमा सबै क्षेत्र, वर्ग, लिंग, जातजाति, भाषाभाषी, उमेर समूह आदि सबैलाई समेटनका लागि नेपालका लघुवित्त संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
अति विपन्न वर्गलाई बिना धितो कर्जा प्रवाह गरेर उधमी बनाउन सफल भएका बंगलादेशी नागरिक नोबेल पुरस्कार विजेता प्रो। मोहम्मद यनुसले ग्रामिण बैंकमार्फत बंगलादेशमा भिख माग्नेहरु समेत ५५ हजार उधमी भइसकेको बताएबाट पनि गरिबी निवारण तथा वित्तीय समावेशीकरणमा लघुवित्तको आवश्यकता र महत्व स्पष्ट हुन्छ ।
विपन्न वर्गको आयआर्जनको लागि वित्तीय सहयोग, लघुविमा समेतको सुुविधा उपलब्ध गराउँदै आएको छ । वित्तीय पहुँच बढाउने र बैंकिङ्ग बानीको विकास गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेको छ । विभिन्न सहकारी तथा गैरसरकारी संस्थाबाट समेत नेपालमा लघुवित्त सेवा प्रवाह भइरहेको छ । वित्तीय सेवाको पहुँच नपुगेका मानिसका लागि लक्षित गरेर विपन्न वर्ग कर्जा कार्यक्रम लघुवित्त सेवाहरु ग्रामीण क्षेत्रहरुमा सञ्चालन भइरहेको छ ।
हाल नेपालको ग्रामीण क्षेत्रहरु उच्च पहाडी र हिमाली क्षेत्र तथा तराई वित्तीय साक्षरताको अभावमा हाल नेपालमा करिव ४० प्रतिशत जनतामा बैंकिङ पहुँच हुन सकेको छैन जसको कारण ६० प्रतिशतसम्मको चर्को व्याजमा सर्वसाधरणले व्यक्ति तथा साहु महाजनबाट ऋण लिएको सुनिन्छ । पुँजीको पहुँचको अभावमा मानिसहरु गरिब बन्न बाध्य भएको पाइन्छ । गरिब जनता वाणिज्य बैंकको पहुँचमा जान नसकेको अवस्थामा सानो सानो कर्जा रकम धितो वा विना धितो घर घरमा गएर कर्जा स्वरुप लघुवित्तमार्फत वितरण गरिएको छ ।
मुलुकमा रहेका वित्तीय संस्थामध्ये लघुवित्त संस्था सबैभन्दा सानो भए पनि वित्तीय पहुँच विस्तार, समावेशिकरण, गरिबी न्युनीकरण र सामाजिक उत्थानमा यसले पु¥याएको सेवालाई हेर्दा पछिल्लो समयमा यसप्रति आकर्षण बढ्दै गएको हुँदा एकातर्फ सम्बन्धित निकायले शिघ्र लघुवित्तको तत्कालिन र दिर्धकालिन समस्यालाई समाधानु गर्नु पर्दछ भने अर्कोतर्फ लघुवित्तको सुशासन र पुनसंरचनालाई पनि उतिकै ध्यान दिनु जरुरी छ । गरिवी निवारणमा लघुवित्तले खेलेको भूमिकालाई कसैले बिर्सन सक्दैन तसर्थ यस घडीमा लघुवित्तको विकास र विस्तारमा सम्बन्धित निकायले निम्न भूमिका खेल्न जरुरी भइसकेको छ ।
१)लघुवित्तलाई पर्याप्त वित्तीय स्रोत कम दरमा उपलब्ध गराउने ।
२)सर्वसाधरणको निक्षेप संकलन अनुमति दिने ।
३)वित्तीय साक्षरता र समावेशितामा जोड दिने, ४)अति गरिब र विकट हिमाली तथा पहाडि क्षेत्रमा कार्यक्रमको विस्तार गर्ने ।
५)सुशासन एव अनुगमनलाई प्रभावकारी बनाउने

