Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लुम्बिनी जेनेरल इन्स्योरेन्सको नाफा ९० प्रतिशतले बढ्यो

admin २०७३ कार्तिक ३० गते
सेयर:

lumbiniनिजी क्षेत्रको निर्जीवन बीमा कम्पनी लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनीले २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी ८५ दशमलव २९ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीले ६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, खर्च ८४ दशमलव ६१ प्रतिशतले बढेर २ करोड ४६ लाख रुपैया पुगेको छ । कम्पनीले बीमा शूल्कवापत २१ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ भने ६ करोड ३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 

असोज मसान्तसम्ममा कम्पनीको प्रति शेयर आम्दानी ४७ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३७ दशमलव १९ गुणा, प्रति शेयर नेटवर्थ २ सय १८ दशमलव ४८ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मुल्य ४ सय ३० दशमलव २८ रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।