बजार घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ७५ करोडको कारोबार भएको बजारमा मंगलबार झन्डै ८१ करोडको कारोबार भएको छ । दिनभरिमा १३९ वटा कम्पनीको ९ लाख ४६ हजार चार सय ११ कित्ता सेयर चार हजार चार सय ९० पटक खरिदविक्रि हुँदा कुल ८० करोड ९८ लाख ६१ हजार १८ रुपैयाँ पुँजी परिचालन भएको छ ।
साताको सुरुदेखि नै लगानीकर्तालाई तानिरहेको एभरेष्ट बैंकले मंगलबार पनि सो क्रमलाई जारी राखेको छ । बैंकको १७ करोड ३४ लाख ५८ हजार एक सय ९० रुपैयाँको सेयर कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको चार करोड ६२ लाख रुपैयाँको कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्सको तीन करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी बैंक, शिखर इन्स्योरेन्स, सिभिल बैंक र सिद्धार्थ बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।
शुभेच्छा विकास बैंकलाई गाभेर सोमबारदेखि सेयर कारोबार सुरु गरेको गरिमा विकास बैंकका सेयरधनीले ९.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ती बढाएका छन् । किसान माइक्रोफाइनान्स, नागबेली लघुवित्त, एनबि इन्स्योरेन्स, टुरिजम डेभलपमेन्ट बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, निर्धन उत्थान बैंक, एनएमबि समृद्धि फण्ड १ लगायतका सेयरधनीले पनि कमाएका छन् ।
महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले मंगलबार सबैभन्दा धेरै १० प्रतिशतका दरले सम्पत्ती घटाएका छन् । बोटलर्स नेपालका सेयरधनीले ५.३ प्रतिशतले गुमाउँदा बुटवल पावर कम्पनी, आईएलएफसीओ माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले क्रमशः ४.८७, ४.६६ र ४.३४ प्रतिशतका दरले गुमाएका छन् । मिरमिरे माइक्रोफाइनान्स, एनआईसि एसिया बैंक, बरुण हाइड्रोपावर, प्रभु इन्स्योरेन्स लगायतले पनि गुमाएका छन् ।