February 6th, 2024

डिजिटल माध्यमबाट कारोबार गर्दा यी कुरामा ध्यान दिऊ

बैंकिङ खबर/आधुनिक प्रविधिको प्रयोगसँगै उल्लेख्य संख्यामा डिजिटल माध्यमबाट वित्तीय कारोबार भइरहेका छन्। सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा पर्ने गरेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै संवेदनशील विषयमा लापरवाही हुँदा सूचना चुहिने र वित्तीय ठगीमा पर्न सकिने भएकोले अत्यन्तै सजग भई डिजिटल वित्तीय कारोबार गर्ने बानी बसाल्न सचेत गराएको छ।

डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुपर्छ

  • डिजिटल वित्तीय कारोबार गर्ने मोबाइल र कम्प्युटरमा अनधिकृत पहुँच रोक्न अनिवार्य रुपमा पासवर्ड वा पिनले लक गर्ने,
  • डिजिटल वित्तीय सेवासँग सम्बन्धित लगइन आईडी, युजरनेम, पासवर्ड, पिनजस्ता व्यक्तिगत विवरण कसैलाई नदिने,
  • इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट, बैंकमा रजिस्टर गरिएका ई–मेलका साथै आफ्ना डिभाइसमा लामो समयसम्म
  • एउटै पासवर्ड/पिन प्रयोग नगरी पासवर्ड÷पिनहरु समय–समयमा परिवर्तन गरिरहने,
  • अरुले अनुमान गर्नसक्ने किसिमका सामान्य पासवर्ड प्रयोग नगर्ने,
  • सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट प्राप्त मेसेजको भरमा वित्तीय कारोबार नगर्ने, कारोबार गर्नुअघि सम्पूर्ण विवरण यकिन गर्ने,
  • आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एपको मात्र प्रयोग गर्ने।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]