February 1st, 2024

सुर्योदय वोमी लघुवित्त दुधौली शाखाद्वारा व्यावसायिक पशुपालन तालिम प्रदान

बैंकिङ खबर/सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था दुधौली शाखाले समूहका महिला तथा अभिभावकका लागि व्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ५० वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को बागमती प्रदेश अन्तर्गत सिन्धुलि जिल्ला दुधौली नगरपालिका ८ मा रहेको दुधौली शाखाको आयोजनामा १ दिने व्यावसायिक पशुपालन कार्यक्रम सम्पन भएको छ ।

दुधौली नगरपालिका वडा नम्बर १२ को सभा हलमा शुरु भएको कार्यक्रमको दुधौली नगरपालिका १२ को वडाअध्यक्षले उद्घाटन गरेका थिए भने पशु विज्ञ रोशन खत्री र सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.का जोखिम तथा असुली विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल र अनुगमन स्टेशन कार्यालय लहानको अनुगमन प्रमुख अधिकृत नरेश बहादुर लामाले मन्तव्य राखेका थिए ।

संस्थाका शाखा प्रबन्धक मनोज कुमार दनुवारका अनुसार दुधौली नगरपालिका वडा नं. १२ को भवनमा भएको तालिममा ५० जना बढी महिला तथा पुरुषको सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक दनुवारले बताए । तालिममा दुधौली नगरपालिका १२ का वाड अध्यक्ष दिनेश कुमार भट्टराईले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न सहभागिहरुलाई अनुरोध गरे ।

यस्तै सोही अवसरमा संस्थाका जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल ज्युले अहिले देशमा अराजक समुहहरु बडेको र ति समुहहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको बताए र यसै संस्थाका अनुगमन अधिकृत नरेस बहादुर लामाले वित्तीय साक्षेरता सम्बन्धी जानकारी दिएका थिए ।

संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको जोखिम तथा असुलि विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।

यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् । संस्थाका अनुगमन अधिकृत नरेस बहादुर लामा ज्युले स्वागत मन्तव्यबाट शुरु भएको थियो कार्यक्रमको सञ्चालन यसै संस्थाका शाखा प्रमुख मनोज कुमार दनुवारले गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]