Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सूर्या लाईफ इन्स्योरेन्सको नाफा सवा एक करोड

admin २०७३ कार्तिक २९ गते
सेयर:

suryaसूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव ४२ प्रतिशतले बढोत्तरी भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्याले ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी ५० करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । यो अवधिमा कम्पनीको आम्दानी ६६ दशमलव ६६ प्रतिशत बढेर २ करोड १ लाख रुपैयाँ पुगेको छ भने खर्च ७४ दशमलव ८० प्रतिशत बढेर ७८ लाख पुगेको छ । कम्पनीले २१ करोड ६६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने २ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीले जगेडाकोषमा २० करोड २७ लाख रुपैयाँ र जीवन बीमाकोषमा १ अर्ब ८५ करोड ७१ लाख रुपैयाँ राखेको छ । कम्पनीको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी वार्षिक ९ दशमलव ८८ रुपैयाँ, पीई रेशियो ९१ दशमलव ०५ गुणा, प्रतिशेयर नेटवर्थको १ सय ४४ दशमलव १६ रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।