
बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ,बागमती प्रदेश कार्यालयले २०८० पौष ७ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा बागमती प्रदेश अन्तर्गतका १८ वटा शाखाका ४८ जना शाखामा कार्यरत शाखा प्रमुख तथा फिल्ड सहायक कर्मचारीहरुलाई कार्यक्रम सुधार गर्ने हेतुले धुलिखेल, काभ्रेमा भाखा नाघेको कर्जा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा शाखामा काम गर्दा गुणस्तरीय प्रगती कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम सम्पन्न गरिएको थियो । तालिममा केन्द्रीय कार्यालयका कर्जा विभाग प्रमुख कसा लाल विश्वास, जोखिम व्यवस्थापन विभाग प्रमुख विराटपतिनाथ गच्छदार र आन्तरीक लेखापरिक्षण विभाग प्रमुख कृष्ण प्रसाद खनाल प्रमुख प्रशिक्षक तथा बागमती प्रदेश प्रमुख श्याम कृष्ण महर्जन प्रशिक्षक रहेका थिए । तालिममा मुख्य गरी कर्मचारीको क्षमता अभिवृद्धिका साथै मनोवल वृद्धि गराई स्वउत्प्रेरीत भइ शाखाको काम गुणस्तरीय वनाउने उदेश्यले तालिम गरिएको थियो ।
तालिममा कर्जा जोखीमसँग सम्बन्धित विषयहरु प्रशिक्षक विराटपतिनाथ गच्छदारले, शाखाको वस्तुस्थिति सम्बन्धी डाटा विश्लेषण सम्बन्धी प्रशिक्षक कसालाल विश्वासले र कर्मचारीहरुका काम कर्तव्य र जिम्मेवारी, कार्यसम्पादन तथा स्वमूल्यांकन, ग्राहक छनोट प्रक्रिया तथा संरक्षण साथै संस्थाको आगामी रणनीती तथा कार्यक्रम अधिकृतहरुले शाखा अनुगमन गर्दा गर्नुपर्ने कार्यहरु सम्बन्धी प्रशिक्षण प्रशिक्षक कृष्ण प्रसाद खनालले दिएका थिए ।
उक्त तालिममा शाखामा कार्यरत शाखा प्रमुख तथा फिल्ड सहायक कर्मचारीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवालीबाट संस्थाको प्रगतीका लागि कर्मचारीको क्षमता दक्षताले अहम् भुमिका खेल्ने हुँदा तालिम पश्चात सम्पुणर् कर्मचारीहरुको व्यवसायिक शीपको विकास भइ अनुशासित , मर्यादित भइ पदिय जिम्मेवारीमा बसि कार्य गर्दै संस्थाले लिएको लक्ष्य अनुरुप प्रगती हासिल गर्ने अपेक्षाका साथै सम्पुणर् कर्मचारीहरुलाई उत्तरोत्तर प्रगतीको शुभकामना दिए ।
उक्त तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट भिम खत्री, गणेश चौरासिया,सौगात ढकाल,दिपक श्रेष्ठ र कार्यक्रम अधिकृत उमेश दाहालले मन्तव्य राख्दै तालिम फलदाइ भएको तथा तालिममा सिकेका कुरा शाखा तथा फिल्डमा लागु गर्न सबैजना सहभागीलाई अनुरोध गर्दै आगामी दिनमा यस्ता तालिमहरु गराउन माग गर्देै संस्था र प्रदेश कार्यालयलाई धन्यवाद दिएका थिए । तालिम समापन समारोह प्रदेश प्रमुख श्याम कृष्ण महर्जनले सबै प्रशिक्षक तथा शाखाहरुबाट सहभागीहरुलार्ई सक्रियरुपमा सहभागी भएकोमा धन्यवाद दिँदै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न तथा कुनै दुविधामा प्रदेश कार्यालय तथा केन्द्रिय कार्यालय सधै कर्मचारीहरुको साथमा रहने जानकारी दिए ।
तालिम समापन कार्यक्रमका अध्यक्ष तथा वागमती प्रदेश प्रमुख श्याम कृष्ण महर्जनले सहभागी सवैलाई धन्यावाद ज्ञापन गर्देै शाखाहरुलाई दिइएको लक्ष्य शतप्रतिशत पुरा गर्न र बागमती प्रदेशलाई संस्थाको एक नम्वर उपलब्धी हासील गर्ने प्रदेशको रुपमा विकास गर्न सबै जना सक्रिय रुपमा टिम स्प्रिट बनाई कार्य गर्न निर्देशन दिएका छन् । कार्यक्रम वागमती प्रदेश प्रमुख श्याम कृष्ण महर्जनको अध्यक्षतामा सम्पन्न भएको तथा कार्यक्रम संचालन कार्यक्रम अधिकृत उमेश दहालले गरेका थिए ।
बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई आरम्भ चौतारी लघुवित्तको रुपमा काम गर्दै आईरहेको छ ।
६ प्रदेश कार्यालय र १४० शाखा कार्यालय मार्फत यस लघुवित्त वित्तीय संस्थामा ९८ हजार सदस्य ४० हजार ऋणी मार्फत १ अर्व ४३ करोड बचत निक्षेप संकलन गरी ४ अर्व ६६ करोड उठाउन बाँकी कर्जा लगानी गरेको छ । संस्थाले गण्डकी , लुम्विनी प्रदेश , मधेस प्रदेश र बागमती प्रदेश कार्यालयमा कार्यरत सम्पूणर् कर्मचारीहरुलाई भाखा नाघेको कर्जा तथा शाखा व्यावस्थापन तालिम सम्पन्न गरेको छ ।



