March 10th, 2016

साताको अन्तिम दिन नेप्सेमा उछाल, वीमाका लगानीकर्ताले बढाए सम्पत्ति

stock-bull-1साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ९६ करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २६ वटा कम्पनिको १८ लाख ४४ हजार २ सय ९ कित्ता शेयर ४ हजार ४१ पटक किनबेच हुँदा ६७ लाख ६३ हजार ३ सय ६७ रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । विहिबार नेप्से परिसूचक पनि ११.४९ अंकको वृद्धि सँगै १३१८.०३ अंकको नयाँ विन्दुमा पुगेर बन्द भएको छ । 

नेपाल इन्स्योरेन्स कम्पनिको सबैभन्दा धेरै ६ करोड ३५ लाख २८ हजार ९ सय १३ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने नेशनल लाइफ इन्स्यारेन्सको ५ करोड २३ लाख ९९ हजार ६ सय ८९ रुपैँया बराबरको शेयर खरिद विक्रि भएको छ । कृषि विकास बैँक, सिद्धार्थ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको ४ करोडमाथिको शेयर कारोबार भएको छ भने हिमालयन जेनेरल इन्स्योरेन्स र नेपाल ग्रामीण विकास बैँकको ३ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, साना किसान विकास बैँक, प्रुडेन्सियल इन्स्यउोरेन्स र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको २ करोडमाथिको शेयर खरिदल विक्रि भएको छ । 

विहिबार इन्स्योरेन्स कम्पनिहरुका लगानीकर्ताले अत्याधिक कमाएका छन् । प्रिमियर इन्स्योरेन्स, कृषि विकास बैँक, एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, महिला लघुवित्त विकास बैँकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने सिद्धार्थ इन्स्योरेन्स र रिदि हाइड्रोपावर डेभलपमेन्ट बैँकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउनेमा पोखरा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैँक, युनाइटेड फाइनान्स, जेबील फाइनान्स लगायत छन् । 

फाइनान्स र अन्य समूहबाहेक सबै समूहका शेयर सूचक उकालो लागेका छन् । फाइनान्स र अन्य समूह क्रमशः ८.४८ र २.३६ अंकले घटेका छन् । सबैभन्दा धेरै वीमा समूहको शेयर सूचक १८५.९५ अंकले बढेको छ । त्यस्तै, जलविद्युत्, विकास बैँक, होटल र वाणिज्य बैँक समूह क्रमशः ५५.९२, ३२.७२, १२.१५, १.८९ अंकले बढेका छन् ।