Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा पीएचडी गरेका कर्मचारी १४ जना, ५८ जनाको शैक्षिक योग्यता एसएलसी(पूर्णपाठसहित)

२०८० श्रावण २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारी मध्ये अधिकांश मास्टर्स डिग्री पढेका पाइएको छ । राष्ट्र बैंकले हालै गरेको एक अध्ययनले राष्ट्र बैंकमा कार्यरत कर्मचारी मध्ये ६०.८ प्रतिशतको शैक्षिक योग्यता मास्टर्स रहेको देखिएको हो ।

प्रतिवेदन अनुसार राष्ट्र बैंकमा ९९९ जना कर्मचारी छन्। जस मध्ये राष्ट्र बैंकमा पीएचडी गरेका १४ जना कर्मचारी रहेको देखिएको छ। त्यस्तै एमफिल गरेका १४ कर्मचारी छन् भने मास्टर्स गरेका ६ सय ७ जना कर्मचारी रहेका छन् ।

त्यस्तै सीए गरेका कर्मचारीको संख्या ५३ रहेको छ । त्यस्तै ब्याचलर्स तहसम्म अध्ययन गरेका कर्मचारीको संख्या १८६ जना रहेको छ भने प्लस टु सम्म अध्ययन गरेका कर्मचारीको संख्या ६७ जना रहेको छ । प्रतिवेदनले राष्ट्र बैंकका ५८ जना कर्मचारीको शैक्षिक योग्यता एसएलसी वा सो भन्दा कम रहेको देखाएको छ ।

पूर्णपाठ