Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ट्रेजरीमार्फत २६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

२०८० श्रावण २२ गते

बैंकिङ खबर/ ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २६ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो ।

बैंकका अनुसार २ अर्ब रुपैयाँ नयाँ (फ्रेस) ट्रेजरी जारी गरेर बाँकी रहेको २४ अर्ब १० करोड रुपैयाँ पुरानै ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

साउन २२ गते दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले ३ बजेभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने मंगलबार साउन २३ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन १५ गते २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।