Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा

२०८० श्रावण ९ गते

बैंकिङ खबर/काठमाडौंस्थित अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ । बचकर्ताको रकम हिनामिना गरी फरार भएका अनिल खड्कासहित १० जना विरुद्ध सहकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो ।

काठमाडौं प्रहरीले ६२ जनाको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो । करिब एक वर्षयता बचकर्ताको रकम फिर्ता नगरी समस्यामा रहेको सहकारीका सञ्चालक र व्यवस्थापक विरुद्ध अभियोपत्र दायर भएको हो ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ स्थायी घर भएको खडका भने हाल फरार रहेको अभियोग पत्रमा उल्लेख छ । सोहो ठाउँ स्थायी घर भएका सहकारीका सञ्चालक प्रकाश खड्का, सुवास बुढाथोकी र सहकारीकै लेखा समिति सदस्य बबिता खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सोही स्थान स्थायी घर भएका सहकारीका उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी पनि फरार छन् । यस्तै सहकारीका कोषध्यक्ष कुम्भराज जोशी, सञ्चालकहरु सुशील बिक्रम राणा, सुशिला बोहोरा, पनि फरा छन् । फरार रहेका लेखा समिति सदस्य गोबिन्द बुढाथोकी पनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ कै बासिन्दा हुन् ।