बैंकिङ खबर/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याइएको ठूलो परिणाममा सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा सुन भएको खुलेपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको छ ।
प्रवक्ता खनालका अनुसार १६० सेट प्याक भेटिएको हो । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। उक्त सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । यो सबै सामान चार दिन अगाडि प्यासिफिक एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको प्रवक्ता खनालको भनाइ छ । राजश्व अनुसन्धान विभागले बरामद सुन ८० केजी बढी भएको अनुमान गरेको छ ।