बैंकिङ खबर/ बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो।
यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ। यो १९ दिने निक्षेप संकलन उपकरण हो। राष्ट्र बैंकले साउन २६ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।
यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।