Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ऋणीको विवरण र सञ्चालकको तीन पुस्ते तीस दिनभित्र पठाउन विभागको निर्देशन

२०८० असार २३ गते

बैंकिङ खबर/सहकारीहरुले १ करोडभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण संघीय सहकारी विभागमा पठाउनुपर्ने भएको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ को साधारण सभामा उपस्थिति तथा निर्णयको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन समेत विभागमा पठाउनुपर्ने भएको छ ।

यति मात्रै नभई सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण पनि पठाउनु पर्ने भएको छ । विभागले तीस दिन भित्र सम्पूर्ण विवरण अनिवार्य बुझाउनु पर्ने र नबुझाएमा कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ । सहकारी ऐन २०७४ को दफा ७३ मा सहकारीहरुले प्रत्येक वर्ष रजिस्ट्रार समक्ष तोकिएको विवरण अनिवार्य पठाउनुपर्ने व्यवस्था छ।