Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८० असार १८ गते

बैंकिङ खबर/पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएको हो। निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ। त्यस्तै तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ।